अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० जेष्ठ २४, बुधबार १६:४०

 

काठमाडौं-निर्माणको जिम्मा पाएका नेपाली सेनाले तराई-मधेशलाई जोड्ने फास्ट-ट्रयाक आयोजनाअन्तर्गत निर्माण हुने सुरुङमार्गको डिजाइन परिवर्तन गरेको छ। अब सुरुङको संख्या बढे पनि पहिरो रोकथाममा हुने खर्च जोगिने दाबी गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव अर्जुन थापाका अनुसार डिजाइन परिवर्तनका लागि सेनाले सरकारसँग स्वीकृति मागेको थियो। ‘पहिरो जाने जोखिम भएको ठाउँमा सुरुङमार्ग बनाउन डिजाइन परिवर्तन गरिएको हो,’ उनले भने। परिमार्जित डिजाइनअनुसार फाष्ट-ट्रयाकमा अब थप ३ वटा सुरुङमार्ग निर्माण हुनेछन्। तर अहिलेसम्म उक्त डिजाइनको ‘रिभ्यु’को स्वीकृति सरकारबाट आइसकेको छैन। नयाँ डिजाइनअनुसार निर्माण भए आयोजनाको लागत २ अर्ब रुपैयाँले कम हुने थापा बताउँछन्। साथै पहिरोको जोखिम समेत हट्ने उनको भनाइ छ। यसअघि यस आयोजनामा ६.४ किलोमिटरको ३ वटा सुरुङमार्ग निर्माण भइरहेको थियो। तर अब भने २.२ किलोमिटरको ३ वटा नयाँ सुरुङमार्ग थप हुने भएको छ। जसमा एउटा ३०० मिटर, अर्को ९०० मिटर र १ किलोमिटरको हुने थापाले बताए। यस आयोजनाको हालसम्म कायम भएको कुल लागत २ खर्ब १३ अर्ब रुपैयाँ छ। यसरी सुरुङमार्ग निर्माण गर्दा २ अर्ब लागत घट्ने सेनाले बताएको थापाको जिकिर छ।
नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता कृष्ण भण्डारीले डिजाइन परिवर्तनको विषयमा ‘रिभ्यु’ भइरहेको बताए।‘यस मा अन्तिम चरणको काम भइरहेको छ। यो परिवर्तन गरिएको डिजाइन आयोजना प्याकेज नम्बर १० र ११ मा पर्छ,’ उनले भने।
द्रुतमार्गअन्तर्गत मकवानपुरको धेद्रेमा सिम्पानीदेखि चालिसे खोल्सी १.६३० किलोमिटर र लेनडाँडामा घट्टेपाखादेखि बाँदरेखोल्सी १.४३० किलोमिटर गरी २ वटा सुरुङमार्ग र पुल निर्माण भइरहेको छ। यो कामका लागि पोली च्याङ्दा कर्पोरेसनले २५ अर्ब ९ करोड ५९ लाख ७६ हजार ३ सय ३७ रुपैयाँमा ठेक्का पाएको थियो।
यसैगरी, मकवानपुरकै महादेवडाँडामा अर्को ३.३३५ किलोमिटरको प्याकेजको काम १८ अर्ब ७८ करोड ७० लाख ६५ हजार ६ सय रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनिरिङले निर्माण गरिरहेको छ। यी ३ वटा सुरुङ ६.४१५ किलोमिटर लामो छ। अब थप २.२ किलोमिटर लामो सुरुङ थप हुँदा ८.६ किलोमिटर सुरुङमार्ग मात्रै हुने छ।
आगामी आर्थिक वर्षका लागि काठमाडौं-तराई-मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) का लागि २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
अघिल्लो वर्षको बजेटमा यस आयोजनालाई ३० अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो। आयोजनाका अनुसार ठेक्का व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बजेट आवश्यक थियो। त्यही अनुसार चालु आर्थिक वर्षका लागि सरकारले ३० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो।
तर पछि बजेट खर्च गर्न नसक्ने भएपछि १८ अर्बमा झारिएको थियो। जसमध्ये यो चालु आर्थिक वर्षमा १२ अर्ब रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ। यसमा केही अर्ब रुपैयाँ बराबरको दायित्व सृजना भइसकेको आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार यो चालु आवमा अघिल्ला वर्षहरुमा जस्तो बजेट खर्च नभएर सरेन्डर गर्नुपर्ने अवस्था छैन। समग्रमा यस आयोजनाले कुल लागतमध्ये करिब २२ प्रतिशत खर्च गरेको छ।
पछिल्लो संशोधित तालिका अनुसार सेनाले २०८० मंसिरभित्र काम सक्नुपर्थ्यो। तर २२ प्रतिशत मात्रै भौतिक प्रगति भएपछि सेनाकै अनुरोधमा सरकारले २०८३ चैत मसान्तसम्म समय थपेको हो।
सेनाका अनुसार अहिले ११ वटा प्याकेजमा मास्टर प्लान बनाएर काम भइरहेको छ। तीनवटै सुरुङमार्ग र सडकको काम भइरहेको छ। तर अपेक्षित गतिमा काम भने हुन सकेको छैन।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार