
सर्लाही,जेष्ठ २२
मलंगवा जेसीजले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको छ ।
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंं ९ मा रहेको बालमन्दिर प्राविको प्रांगणमा वृक्षारोपण गरिएको मलंगवा जेसिजले जनाएको छ।
सोमबार बिहान २०२३ का अध्यक्ष राम लखन महतोको अध्यक्षतामा एक औपचारिक कार्यक्रमको आयोजना गरि जेसी दिलिप झा,जेसी सुवेश सागर श्रेष्ठ तथा मलंगवा जेसीजका सदस्यहरु लगायत बालमन्दिरको बालगृहमा आश्रित बालबालिकाहरुले एक-एक वटा बिरुवा रोपेर वृक्षारोपण गरेका हुन्।






