
सर्लाही,जेष्ठ २१
सर्लाहीको गोडैता नगरपालिका अन्तर्गत पर्ने वडा न-१ देखि वडा न-१२ सम्मका सम्पूर्ण किसानहरुको कृषि सिंचाइको विद्युत महसुल पालिकाले तिरिदिने भएको छ।
यस पालिका अन्तर्गत वडा न-१ देखि वडा न-१२ सम्म सम्पूर्ण कृषि सिंचाइको लागि खपत हुने बिजुलीको महसुल पालिकाले तिरिदिने भएको हो।यसका लागि नेपाल विधुत प्राधिकरणले विद्युत लाइन विस्तार गरि ट्रान्सर्फमर जडान गरेर एउटा मात्र मुख्य मिटर जडान गरि सिंचाइ प्रयोजनमा प्रयोग हुने सम्पूर्ण विद्युत महसुल पालिकाले तिर्नेगरि विद्युतीय पुर्वाधार निर्माण गरिने नगरपालिकाले जानकारी गराएको छ।
सम्पूर्ण किसानलाई हुने गरि प्रत्येक वडामा १०० के.भि.ए को ट्रान्सर्फमर सहित मुख्य मिटर जडान गरिदिन भन्दै नेपाल विद्युत प्राधिकरण मधेस प्रादेशिक कार्यालय मुजेलियालाई पत्रसहित अनुरोध गरिसकेको नगरप्रमुख देवेन्द्र यादवले जनाएको छ।





