अत्याधिक गर्मी बढेपछि सर्लाहीका विद्यालयहरु भोलि (आइतबार)देखि पाँच दिनको लागि बन्
मनोज यादव—–
सर्लाही,जेष्ठ २०
सर्लाहीमा केही दिनयता अत्यधिक गर्मी बढेर जनजीवन प्रभावित बन्न थालेपछि यसको असर सबैभन्दा विद्यालय जाने बालबालिकाहरुमा परेको छ ।दिनभरि चल्ने तातो हावा(लु)र चर्को घामका कारण पठनपाठनमा समस्या भएपछि शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीले एक सूचना जारी गर्दै जिल्लाभरीका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु ५ दिनको लागि बन्द गर्ने निर्देशन दिएको छ।
अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या तथा विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएकोले २०८० जेष्ठ २१ गतेदेखि यही जेष्ठ २४ गतेसम्म वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्न निर्देशन दिएको शि.वि.तथा स.इकाई कार्यालय सर्लाहीका निमित्त इकाई प्रमुख अशोक कुमार रौनियारले जनाएको छ।
संस्थागत विद्यालयहरुको संगठन प्याब्सन र एन प्याब्सनले भने आआफ्नो अनुकुल बिदा दिने जनाइएको छ।





