अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० जेष्ठ २०, शनिबार १२:३७

सर्लाही,जेष्ठ २०
सर्लाहीको सदरमुकाम मलंगवामा नेपाल छात्रवृत्ति कार्यक्रम अन्तर्गत दलित बालबालिकाको शिक्षामा पहुँचको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीकोआयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा भएको कार्यक्रममा दलित बालबालिकाहरुको शिक्षामा पहुँच बढाएर विद्यालयमा टिकाइ राख्न सहभागीता मुलक योजना प्रक्रियालाई लक्षित गरि स्थानीय तहका प्रतिनिधि तथा शैक्षिक सरोकारवालाहरु बिच समन्वयात्मक अन्तरक्रिया गरिएको संघका कार्यक्रम अधिकृत एवं कार्यक्रमका संचालक गोविन्द पासवानले जानकारी दिएको छ।
कार्यक्रममा दलित बालबालिकालाई शिक्षाको महत्व, विद्यालय टिकाउको लागि गर्न सकिने पहलकदमी, दलित बालबालिकालाई उच्च शिक्षाको पहुँचसम्म पुर्याउन आउन सक्ने चुनौति लगायतका विषयमा छलफल भएको थियो। पढने ईच्छा भएका दलित बालबालिकाको कमजोर आर्थिक अवस्था र अभिभावकको आम्दानीको आयस्रोत नहुँदा शैक्षिक सामाग्री समेत खरिद गर्ने अवस्था नरहेका दलित बालबालिकाहरुले बिचमै पढाइ छाड्ने गरेको सहभागी अतिथिहरुको भनाई रहेको छ ।
संघका अध्यक्ष राजेश पासवानको अध्यक्षता तथा पुर्व राष्ट्रिय सभा सदस्य रामपृत पासवानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ठ अतिथि कबिलासी नगरपालिकाकी उपमेयर पुनम कर्ण,नेपाली काँग्रेसका नेता विनय कर्ण,तथा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख अशोक रौनियार,संघका सल्लाहकार गोविन्द पासवन,नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झा,प्रेरणाका मुकेश झा,ओरेक नेपालकी ममता साह,सि.डब्लु.एसका अध्यक्ष सुन्दर श्याम राय लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।
यसै कार्यक्रम मार्फत शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका(एन.सि.इ)अध्यक्ष समेत रहेका संघका अध्यक्ष पासवनले नेपालको संविधानले गरेको व्यवस्था अनुरुप शिक्षाको मौलिक हकलाई व्यवहारत कार्यान्वयन गर्न दिगो विकास लक्ष्यले लिएको संकल्प र विद्यालय शिक्षा क्षेत्र योजनाको लक्ष्यलाई सार्थक बनाउन सार्वजनिक शिक्षा प्रणालीको सुदृढीकरण महत्त्वपूर्ण रहेकोले राजनीतिक दलहरुले निर्वाचनका बखत घोषणापत्र मार्फत गरेको प्रतिबद्धता अनुरुप मुलुकको शिक्षा क्षेत्रमा कुल राष्ट्रिय बजेटको २० प्रतिशत रकम आगामी आर्थिक वर्ष २०८०/०८१ मा विनियोजन गर्न भन्दै कबिलासी न.पा की उपमेयर कर्णलाई सुझाव पत्र बुझाएका थिए।सुझाव पत्र ग्रहण गर्दै कर्णले चुनावको बखत गरेको संकल्प आफुलाई सम्झना रहेको र आउँदो आ.व २०८०/०८१ को लागि बजेट विनियोजन गर्दा मुलुकको शिक्षा क्षेत्रमा कुल राष्ट्रिय बजेटको २० प्रतिशत रकम विद्यालय शिक्षा क्षेत्र योजनाको लक्ष्यलाई सार्थक बनाउन विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

 

 

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार