अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० जेष्ठ १७, बुधबार १५:५२

सर्लाही,जेष्ठ १७
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ(NNDSWO),सर्लाही द्वारा संचालित नेपाल छात्रवृत्ति कार्यक्रम अन्तर्गत जिल्ला शिक्षा संजाल (DEN) को २०२३ को लागि प्रथम त्रैमासिक बैठक सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।
DEN का अध्यक्ष एवं संघका जिल्ला अध्यक्ष राजेश पासवानको अध्यक्षता सम्पन्न भएको बैठकमा छात्रवृत्तिको पारदर्शीता, सदुपयोग , शैक्षिक सत्र २०८० को लागि नयाँ विद्यार्थीहरुको छनौट गर्ने लगायतका विषयमा छलफल गरिएको थियो।
बैठकमा सहभागी सरोकारवालाहरु बिच जिल्लाभरीका सामुदायिक विद्यालयमा अध्यनरत दलित बालबालिकाको शैक्षिक अवस्था तथा त्यसको सुधारमा गर्न सकिने प्रयासको विषयमा पनि विस्तृत रुपमा छलफल गरिएको थियो।
बैठकमा सहभागी राम नरेश मण्डल ,ओरेक नेपालकी जिल्ला कार्यक्रम संयोजक देवकुमारी महरा,बाल कल्याण समाजका अध्यक्ष सुन्दर श्याम यादव, मनिष पासवान,प्रमोद मण्डल लगायतका अतिथिहरुले मानवअधिकार हननको चपेटामा सबैभन्दा बढी दलित समुदायका बालबालिकाहरु पर्ने गरेकाले यसको निराकरणका लागि संचालित सबै खाले कार्यक्रम तथा योजनाहरु दलित मैत्री हुनुपर्ने धारणा राखेका थिए।
मलंगवा वडा न-४ स्थित संघको आफ्नै कार्यालयमा सम्पन्न भएको बैठकको संचालन जिल्ला कार्यक्रम अधिकृत पासवानले गरेका थिए । उक्त बैठक तीन-तीन महिनाको अन्तरालमा वर्षको चार पटक बस्दै आएको संस्थाका अध्यक्ष राजेश पासवानले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार