अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २५, शनिबार ०९:४८

काठमाडौं । यो वर्षको हिउँद सुरु भएयता काठमाण्डौंको तापक्रम आज बिहान कम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । यसअघि हिजो काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले  बताउनुभयो । उहाँका अनुसार आज दिउँसो भने देशभरी कै मौसम सफा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भेगका एक दुई ठाउँमा भने हल्का हिमपात हुने देखिएको उहाँले बताउनुभयो ।

आज र भोलि देशभरी कै मौसम सफा भएपनि पर्सिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । पर्सि पश्चिमी वायु नेपाल आउँने भएकाले यी प्रदेशको हिमाली भेगमा हिमपात हुने तर अरु प्रदेशको मौसम भने सामान्यतया सफा नै रहेने मौसमविद् नगरकोटीको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार