अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २४, शुक्रबार १६:२०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमाले र कांग्रेस बाहेकका दलको कुनै औचित्य नै नभएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंंमा नेकपा एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाइ दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा राजनीतिक पार्टी भनेको नै एमाले र कांग्रेस मात्र रहेको बताउनुभएको हो ।

उहाले अरु पार्टीहरुको कुनै औचित्य नभएको भन्दै केही पार्टी कांग्रेसको स्याटेलाइटका रुपमा रहेको तर्क गर्नुभयो । उहाले कांग्रेसलाई पनि सहीबाटोमा हिड्नका लागि सल्लाह र सुझाव दिने धारणा पनि राख्नुभयो । नेपालमा नियन्त्रीत अराजकता फैलाउने भारतीय षडयन्त्र बिरुद्ध एमाले लागेका कै कारण घेराबन्दीमा पारिएको उहाले बताउनुभयो ।

उहाले केन्द्रीय कमिटी बैठकले आगामी कार्यदिशा तय गर्ने र अव एमालेभित्र रहेकालाई आराम गर्ने समय नरहेको जिकिर गर्नुभयो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार