अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २४, शुक्रबार १२:३४

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत चौंथो चरणको खेल आजबाट सुरु हुदैछ । लिगको चौंथो चरणको खेल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र फ्रेन्ड्सबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र च्यासलबीचको खेल अपरान्ह ४ बजेर ४५ मिनेटमा सुरु हुनेछ । ८ पटकको च्याम्पियन मनाङ लिगको तेस्रो स्थानमा रहेको छ । ३ खेलमा मनाङले ७ अङ्क जोडेको छ ।फ्रेन्ड्स लिगको १० औ स्थानमा रहेको छ । फ्रेन्ड्सले ३ खेलमा २ अङ्क जोडेको छ । तीन खेलमा ५ अङ्क जोडेको आर्मी, लिगको छैटौं स्थानमा रहेको छ । च्यासलविरुद्ध मैदान उत्रदा आमीले स्पष्ट ३अङ्कजोड्नुपर्ने देखिन्छ ।च्यासल ३ खेलमा ४ अङ्क जोडेर नवौं स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार