अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २४, शुक्रबार ०९:५४

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु हुँदैछ । कोरोना महामारीका कारण दुई वर्ष ढिलो गरी हुन लागेको महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागि हुने भएका छन् ।

आज हुने उद्घाटन समारोहमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीलगायत दलका राजेन्द्र महतो र महन्त ठाकुर लगायत सहभागि हुने कार्यक्रम रहेको छ । तर, एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था ठिक नभएकाले उहाँ आउने नआउने तय भइसकेको छैन ।

यस्तै महाधिवेशनमा विदेशी दलका पाहुनालाई पनि आमन्त्रण गरिएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार काँग्रेस आईका महासचिव मुकुल वस्निक, भारतीय जनता पार्टीका वरिष्ठ नेता हरिश द्विवेदी र भारतका पूर्वमन्त्री हर्षवद्र्धन छन् ।महाधिवेशनमा उपसभापति विमलेन्द्र निधिको नीतिसम्बन्धी प्रतिवेदन, महामन्त्रीद्वय शशाङ्क कोइराला र पूर्णबहादुर खड्काको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछन् । तीनवटै प्रतिवेदन हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको छ । यसपटकको महाधिवेशनमा पार्टीको नीति तथा सिद्धान्तमाथि बहस हुने छैन । काँग्रेसले १४ औं महाधिवेशनलाई नेतृत्वकेन्द्रित गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार