अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २३, बिहीबार १६:३४

काठमाडौं । नेपालमा बिहीबार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार १८ पिसिआर परिक्षणका क्रममा १ सय ९७ जना र १ हजार ४ सय ३३ एन्टीजेन परिक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १९ हजार २ सय ५५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ४९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ३ सय २९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ५ हजार ९ सय संक्रमित निको भएका छन् । हाल नेपालमा ६ हजार १ सय ५ सक्रिय संक्रमित आइशोलेशन र ९७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार