अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २३, बिहीबार ०९:१९

काठमाडौं । सरकारले भेरोसेल खोप लगाएका ६० वर्षभन्दा माथिका व्यक्तिलाई तीन महिनापछि थप एक मात्रा लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेक कुमार लालले भेरोसेलको दुई मात्रा लगाएका ६० वर्ष माथिका व्यक्तिलाई कम्तिमा तीन महिनापछि थप एक मात्रा लगाउन सिफारिस गरिएको जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय खोप सल्लाहकार समिति र विश्व स्वास्थ्य सङ्गठनले उपलब्ध गराएको तथ्यका आधारमा कोरोनाविरुद्धको खोप भेरोसेल लगाएका ६० वर्ष वर्षभन्दा माथिका नागरिकलाई थप १ मात्रा खोप लगाइने तयारीमा सरकार जुटेको हो । यस्तै भेरोसेलको दुई मात्रा लगाइसकेका रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिलाई पनि तेस्रो मात्रा दिइने उनकाे भनाइ छ । उनले सरकारले कोरोनाविरुद्धको बुस्टर खोपको विषयमा हालसम्म कुनैपनि निर्णय नभएकाले यस विषयमा अहिले नै धेरै चिन्ता नगर्न पनि आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार