अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २३, बिहीबार ०९:००

काठमाडौं । बार्सिलोना, च्याम्पियन्स् लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा बार्यन म्युनिखसँग ३ शून्य गोल अन्तरले पराजित भएसँगै बार्सिलोना १७ वर्षपछि पहिलोपटक नकआउट चरणमा पुग्न असफल भएको हो । यसअघि सन् २००३–०४ को सिजनमा बार्सिलोना प्रतियोगिताकै लागि छनौट हुन सकेको थिएन ।

त्यसयता भने कम्तीमा नकआउट चरणसम्मको यात्रा तय गर्दै आएको बार्सिलोना यसपटक भने समूह चरणबाटै बाहिरिएको हो । यो सिजन बार्सिलोनाले खराब प्रदर्शन गरिरहेको छ । बार्यन म्युनिखका लागि थोमस मुलर, लिरोय साने तथा मुसिएलाले गोल गर्नुभएको छ । बार्यन लिगका सबै खेलमा विजयी हुँदै १८ अङ्कसहित समूहको शीर्ष स्थानमा रह्यो । यस्तै राति नै भएको खेलमा डाइनामो किभलाई २ शून्यले हराउँदै बेनिफिका अन्तिम १६ मा पुगेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार