अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २३, बिहीबार ०८:५७

काठमाडौं । फाइजर एण्ड बायोएनटेकले कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोनविरुद्ध आफ्नो खोपको बुस्टर मात्रा प्रभावकारी देखिएको दाबी गरेको छ । कम्पनीले सानो आकारको अध्ययन गरेपछि पछि ओमिक्रोनविरुद्ध बुस्टर मात्रा लगाउँदा प्रभावकारी हुने देखिएको बताएको बीबीसीले जनाएको छ ।

यसअघि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले हालकै खोपले ओमिक्रोनविरुद्ध पनि काम गर्ने सम्भावना रहेको बताएको थियो । फाइजरका प्रमुख कार्यकारी अल्बर्ट बोर्लाले वक्तव्य जारी गरेर नयाँ भेरियन्टबाट जोगिनका लागि खोपको तेस्रो मात्रा प्रभावकारी हुने बताउनुभएको हो ।

खोपको पूर्ण मात्रा लगाएकाहरुले उपलब्ध भएसम्म चाँडो भन्दा चाँडो बुस्टर मात्रा लगाउनुपर्नेमा उहाँको जोड छ । तर सानो आकारको मात्रै अध्ययन गरिएकाले थप स्पष्ट हुन बिस्तारित अनुसन्धानको खाँचो रहेको उहाँको भनाइ छ । यस्तै ओमिक्रोनलाई नै लक्षित गरेर खोपको विकास गरिरहेको र त्यो खोप एक सय दिन भित्र तयार हुने फाइजर कम्पनीले जनाएको छ ।

यसअघि दक्षिण अफ्रिकामा गरिएको सानो आकारको अध्ययनमा पनि खोपको तेस्रो मात्रा प्रभावकारी हुने देखिएको थियो । ५० भन्दा बढी उत्परिवर्तन भएर बनेको कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोन बढी सङ्क्रामक तथा घातक देखिएको प्रारम्भिक तथ्यहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार