अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २२, बुधबार २१:०६

काठमाडौं – नेपाली कांग्रेसको चौधौं महाधिवेशन मंसिर २४ गतेबाट सुरु हुँदैछ। भृकुटीमण्डपमा उद्घाटनसत्र सुरु भएसँगै सुरु हुने कांग्रेसको यस महाधिवशेन नेतृत्व चयनमा केन्द्रित हुनेछ। आयोगले महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशनदेखि मतगणनासम्मको समय तालिका सार्वजनिक गरेको छ।

यस्तो छ, निर्वाचन कार्यतालिकाः
नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, सानेपा, ललितपुरमा।
१० महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशनः २०७८ मंसिर २४ गते बिहान १० बजे।
२० उम्मेदवारको मनोनयन दर्ताः २०७८ मंसिर २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म।
३० उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुँझः २०७८ मंसिर २५ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म।
४० दाबी विरोध उपर निर्णयः २०७८ मंसिर २५ गते बेलुका ७ बजेदेखि ९ बजेसम्म।
५० उम्मेदवारको पहिलो नामावली प्रकाशन ९देवनागरिक वर्णानुक्रम अनुसार०स् २०७८ मंसिर २५ गते बेलुका ९ बजेदेखि १२ बजेसम्म।
६० मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समयः २०७८ मंसिर २६ गते बिहान ११ बजेसम्म।
७० उम्मेदवारको अन्तिम नामावली प्रकाशनः २०७८ मंसिर २६ गते दिउँसो १२स्१५ बजे।
८० मतदानः २०७८ मंसिर २७ गते बिहान ८ बजे।

राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा।
९० सभापति पदको मतगणनाः मतदान समाप्त भएपछि।

सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचनसम्बन्धि थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिनेछ। त्यस्तै, सभापतिबाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिहरुको रोहबरमा मतपेटिका शिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालय र केन्द्रीय निर्वाचन समितिले तोकेको कोठामा सुरक्षित गरी कोठाको समेत शिलबन्दी गरिनेछ।

 

सभापति पदबाहेक बाँकी पदाधिकारी र सदस्यहरुको मतगणना कांग्रेस, केन्द्रीय कार्यालय सानेपामा हुनेछ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार