अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २२, बुधबार १२:१३

काठमाडौं । रेल्वे सम्बन्धी अध्यादेश २०७८ जारी भएसँगै जनकपुर–जयनगर रेल सञ्चालनका लागि कानुनी अड्चन फुकेको छ । कानुनी अड्चन हटेपनि अरु प्राविधिक कारणले नेपालमा कहिलेबाट रेल गुड्छ भन्ने एकिन हुन सकेको छैन । सरकारको घोषणा अनुसार गत आर्थिक बर्षमा नै रेल चल्नुपर्ने भएपनि कानूनी अड्चनका कारण रेल सञ्चालन प्रक्रिया रोकिएको थियो । तर अब कानूनी समस्या पनि समाधान भएकोछ ।

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर दुरीमा रेल सञ्चालन गर्ने योजना सहित सरकारले ८४ करोड भन्दा बढीको लागतमा रेलका दुई सेट खरिद गरेको थियो । गत वर्षको असोजमा धनुषाको कुर्थामा एक दिनको लागि भारतबाट रेल ल्याइएको थियो । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले रेल कहिले गुड्छ भन्न सक्ने अवस्था नभएको बताउनुभयो ।

नेपालमा पहिलोपटक सन् १९२७ मा भारतको रक्सौलबाट बाराको अमलेखगञ्जसम्म रेल जोडिएको थियो । पछि झुम्का–धरान–बराहक्षेत्रमा पनि रेल गुडेको भएपनि अहिले जनकपुर–जयनगरमा सिमित छ । रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका इन्जिनियर विनोद ओझाले आफूहरूले पाएको जिम्मेवारी पूरा गरिसकेको बताउनुभयो ।

वीरगञ्ज काठमाडौं जोड्ने रेल भारतले आफ्नै लागतमा बनाउनेछ । केरुङ काठमाडौँ जोड्ने रेल पनि अनुदानमा बनाइदिन नेपालले चीनलाई प्रस्ताव गरिसकेको छ । यस वर्षको बजेटमा सरकारले विभिन्न रेलमार्गको लागि १० अर्ब ३ करोड विनियोजन गरेको छ । तर, बजेट लगायत अन्य प्राविधिक कारणले नेपालमा तत्काल रेल गुड्ला भने अवस्था छैन । सरकारले २ बर्ष भित्र नेपालमा रेल चलाउने गरि आर्थिक बर्ष २०७६÷०७७ को बजेट मार्फत ७ अर्ब ८० करोड रकम विनियोजन गरेको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार