अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २२, बुधबार १०:४८

काठमाडौं । शुक्रबारबाट सुरु हुने १४ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको नेपाली काँग्रेसले जनाएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनको लागि आवास, खाद्यान्नको व्यवस्थापन र प्रचारप्रसारका काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

कोरोना भाइरसको जोखिम कायमै रहेको बेला नयाँ भेरियन्टले बढाउन सक्ने समस्यालाई मध्यनजर गरी महाधिवेशन स्थलमा स्यानिटाइजर, मास्क अनिवार्य गरिएको छ भने अन्य प्रकारका रोगका लागि पनि महाधिवेशनस्थलमै हेल्थडेस्क स्थापना गरिने पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

महाधिवेशनकै लागि निर्वाचन समितिले पनि पहिलो चरणको काम सकिएको जनाएको छ । समितिका संयोजक गोपालकृष्ण घिमिरेले एक सय ६० वटा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले महाधिवेशनअघि प्रदेश २ को प्रदेश अधिवेशन नहुने बताउनुभयो ।

प्रदेश २ को प्रदेश अधिवेशन महाधिवेशनपछि मात्रै गर्ने गरि कार्यतालिका सार्वजनिक गरिने उहाँको भनाइ छ । तर जिल्ला अधिवेशनका लागि भने कार्यतालिका सार्वजनिक भइसकेको छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले आजसम्ममा सर्लाही र महोत्तरीको महाधिवेशन प्रतिनिधिको नामावली आइसक्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार