अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २१, मंगलवार ०९:०७

काठमाडौं । अमेरिकाले चीनको बेइजिङमा हुने गृष्मकालिन ओलम्पिकमा कूटनीतिक बहिष्कार गर्ने घोषणा गरेको छ । अमेरिकाको राष्ट्रपति कार्यालय व्हाइट हाउसले चीनमा भइरहेको मानवअधिकार उल्लङ्घनको चिन्ताको कारण खेलमा अमेरिकाको तर्फबाट कुनै आधिकारिक प्रतिनिधिमण्डल सहभागि नहुने बताएको छ ।

बेइजिङ ओलम्पिकमा कूटनीतिकस्तरमा अधिकारीहरूको टोली नगएपनि एथलेटेक्सिमा सहभागिता जनाउने र सरकारले पूर्ण साथ दिने पनि अमेरिकाले स्पष्ट पारेको छ । चीनले यसअघि नै बहिष्कारका कुनै पनि घटनाहरूलाई त्यसरी नै प्रतिक्रिया दिने बताइसकेको छ । गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले ओलम्पिकमा कूटनीतिक बहिष्कार सम्बन्धमा विचार गरिरहेको बताउनुभएको थियो ।

ह्वाइट हाउसका प्रवक्ता जेन साकीले हिजो कूटनीतिक बहिष्कारको निर्णय भएको जानकारी दिनुभएको हो । यसअघि सन् १९८० मा अमेरिकाले मस्को ओलम्पिक पनि बहिष्कार गरेको थियो भने सोभियत सङ्घले १९८४ मा अमेरिकाको लस एन्जल्समा भएको ग्रीष्मकालिन ओलम्पिक बहिष्कार गरेको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार