२०७८ मंसिर २०, सोमबार १८:१३
काठमाडौं – भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । सोमबार संसदीय सुनुवाइ समितिमा सांसदहरुको प्रश्नको जवाफ दिएपछि भारतका लागि प्रस्तावित राजदूत डा। शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री, बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको नाम सर्वसम्मतले अनुमोदन भएको हो ।





