अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर १९, आईतवार १४:४५

काठमाडौं । रामेछापको एक विद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेल निरीक्षणमा जाँदा शिक्षक नै भेटिएका छैनन् । आइतबार शिक्षा मन्त्री पौडेल रामेछापको तिल्पुङ्गमा रहेको श्री नव दर्शन उच्च माध्यमिक विद्यालयको निरीक्षणमा गएका थिए ।

उनी विद्यालयमा पुग्दा केही शिक्षकहरू नै थिएनन् । विद्यार्थीहरु चौरमा खेली रहेको देखिन्थे । विद्यालयका प्रधानाध्यापकले शिक्षकहरु विदामा बसेको बताए छन् । तर विद्यार्थीहरुले भने शिक्षकहरु राजनीतिक पार्टीको बैठकमा गएकाले पढाई प्रभावित भएको गुनासो गरे ।

मन्त्री पौडेलले विद्यार्थीहरुसँग केही समय बिताएका थिए । त्यस क्रममा विद्यार्थीहरुले मन्त्रीसामु शिक्षकहरु नियमित विद्यालय नआउँदा पढाई निरन्तर प्रभावित भएको बताएका थिए । उनीहरुले पढाई नियमित हुनु पर्ने माग समेत गरेका छन् । शिक्षकले आफुहरुको भविष्यमाथि लाहपरवाही गरेको विद्यार्थीको गुनासो छ ।

शिक्षा मन्त्री पौडेलले विद्यालयका प्रधानाध्यापकलाई शिक्षकहरुको व्यवस्थापन सहि ढङ्गले गर्न र विद्यार्थीको पढाइ प्रभावित हुने गरी कुनै पनि काम नगर्न निर्देशन दिएका थिए । शिक्षकहरुले पठनपाठनमा लाहपरवाहि गरे शिक्षा क्षेत्रलाई सुधार गर्न नसकिने मन्त्री पौडेलको भनाई छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार