अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर १९, आईतवार १०:२९

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो चरण अन्तर्गत आज एक मात्रै खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने एक मात्र खेलमा ब्रिगेड ब्वाइज क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । ब्रिगेड र आर्मीबीचको खेल अपरान्ह ४ ः ४५ मा सुरु हुनेछ । आजको खेलमा दुबै टिम तीन अङ्क जोड्ने योजनासहित मैदान उत्रनेछ ।

बलियो टिम आर्मीविरुद्ध मैदान उत्रदा ब्रिगेड दोस्रो जितको खोजीमा हुनेछ । ब्रिगेड दुई खेलमा ४ अङ्क जोडेर चौंथो स्थानमा रहेको छ । ब्रिगेडले पहिलो खेलमा एपीएफलाई ३–२ गोल अन्तरले हराएको थियो । दोस्रो खेलमा ब्रिगेडले एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो । आर्मी भने पहिलो जितको खोजीमा रहेको छ ।

अघिल्ला दुई खेलमा आर्मीले जित निकाल्न सकेको छैन । आर्मी दुई खेलमा २ अङ्क जोडेर नवौं स्थानमा रहेको छ । आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो । तर, दोस्रो खेलमा आर्मीले मछिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार