अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर १९, आईतवार ०९:२९

काठमाडाैं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आजदेखि बाघ गणना सुरु गर्दैछ । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रबाट बाघको गणना सुरु गरिने विभागले जनाएको छ । नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइने गरेको भएपनि सबैभन्दा धेरै बाघ चितवनमा रहेको छ ।

बाघ गणनामा प्राविधिकको सुरक्षापाटोलाई विशेष ध्यान दिइने विभागका सुचना अधिकारी बेद कुमार ढकालले जानकारी दिनुभयो । बाघ गणना ४/४ बर्षमा गरिदै आएको छ । सन् २०१८ मा गरिएकोे गणनमा देशभर २ सय ३५ ओटा बाघ रहेका थिए । गणनाको लागि ३ करोड ७० लाख रूपैयाँ खर्च हुने विभागको अनुमान छ । बाघ , हात्ती र गैडाको संभावित आक्रमणबाट जोगिने गरि बाघको गणना गर्ने व्यवस्था मिलाउन विभागले तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार