अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर १९, आईतवार ०९:१७

काठमाडौं । नेपाली काँग्रेसको प्रदेश अधिवेशन अन्तर्गत अहिले मतगणना भइरहेको छ । हिजो मतदान भएका ६ प्रदेशमा सभापति लगायतको उम्मेदवारको मतगणना भइरहेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । अहिलेसम्मको स्थितिमा कर्णाली र गण्डकी प्रदेश सभापतिको मतगणना सकिएको छ ।

गण्डकी प्रदेशको सभापतीमा संस्थापनइतर पक्षका शुक्रराज शर्मा निर्वाचित हुनुभएको छ । उहाँ ६ सय १२ मत ल्याएर सभापतिमा विजयी हुनुभएको हो । सभापति पदका अर्का उम्मेदवार अर्जुन जोशीले ५ सय २८ मत ल्याउनुभएको छ । कर्णाली प्रदेशको सभापतिमा भने ललितजङ्ग शाही निर्वाचित हुनुभएको छ ।

उहाँले ४ सय २२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी भुपेन्द्रजङ्ग शाहीले ३ सय १७ र मोतीराज बमले ६ मत प्राप्त गरेको कर्णाली प्रदेश निर्वाचन समितिले जनाएको छ । विजयी शाही संस्थापन पक्षका हुनुहुन्छ । बागमती प्रदेशमा भने सभापति पदका लागि फेरि मतदान हुने भएको छ । हिजो भएकोे मतदानमा कुनै पनि उम्मेदवारको ५० प्रतिशत भन्दा बढी मत नआएपछि फेरि मतदान हुने भएको हो ।

दोस्रो चरणको मतदान आज बिहान ११ बजेबाट सुरू हुने निर्वाचन समितिले जनाएको छ । अन्य प्रदेशमा भने मतगणना जारी रहेको छ । प्रदेशका २ मा अझै निर्वाचन प्रक्रिया सुरू हुन सकेको छैन । प्रदेश २ कोे ८ वटै जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म सातवटा निर्वाचन क्षेत्रका अधिवेशन प्रतिनिधिहरूको नामावाली प्राप्त नहुँदा हिजो पनि अधिवेशन स्थगित गरिएको काँग्रेसको निर्वाचन समितिले जनाएको छ । अब समितिले प्रदेश २ को लागि नयाँ मिति तोक्ने निर्वाचन समितिका सदस्य जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार