सर्लाही। जिल्ला प्रहरी कार्यालय सर्लाहीले ७० औ प्रहरी दिवस एक कार्यक्रम गरी मनाइयो। जिल्ला प्रहरी कार्यालय, सर्लाहीको आयोजनामा “नागरिक प्रहरी सहकार्य : सुरक्षाको लागि अपरिहार्य” भन्ने मूल नाराका साथ “७० औं प्रहरी दिवस, २०८२” को अवसरमा जिल्ला प्रशासन कार्यालय, सर्लाहीको प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठज्युको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, सर्लाहीको प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का, मातहत प्रहरी कार्यालय प्रमुखहरु, कार्यरत प्रहरी कर्मचारीहरु, जिल्ला सुरक्षा समितिका सदस्यहरु, भु. पु. प्रहरी कर्मचारीहरु, सहिद प्रहरी परिवार, पत्रकार तथा समाजसेवीहरुको उपस्थितिमा विभिन्न कालखण्डमा आफ्नो ज्यानको आहुति दिइ वीरगती प्राप्त अमर प्रहरी, वीर प्रहरी कर्मचारीहरुको स्मरणमा प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण, शहिद प्रति मौन धारण तथा शोक सलामी अर्पण गरियो। कार्यक्रममा यस कार्यालयका प्रहरी नायव उपरीक्षक सरोज राईबाट संगठन प्रमुख चन्द्र कुबेर खापुङ्ज्युको शुभकामना सन्देश वाचन गरी उपस्थित सम्पूर्ण सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई सुनाउनुको साथै शुभकामना आदान प्रदान गरियो।





