अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र २८, शनिबार ०८:५९

अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ । मन्त्री बन्ने सम्भावित नामहरुको चर्चा धेरै भए पनि को–को मन्त्री हुँदैछन् भन्ने टुङ्गो लागेको छैन । अहिलेलाई सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै लिनुभएको छ ।

गएराति राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शीतल निवासमा शपथ ग्रहण गराउँदै सफल कार्यकालको शुभकामना दिनुभएको थियो । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ र कूटनीतिज्ञहरू सहभागी थिए ।



 

पहिले शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू र मन्त्रीहरु पनि उपस्थित हुने गर्थे । निवर्तमान प्रधानमन्त्रीले शपथ समारोहमा कुर्सी हस्तान्तरण गर्ने चलन थियो । तर यसपटक त्यस्तो भएन । प्रधानमन्त्री कार्कीको सपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्रीहरूमा डा. बाबुराम भट्टराई मात्र उपस्थित हुनुभयो । राजनीतिक दलका नेताहरू पनि उपस्थित भएनन् । रास्वपा नेता सुमना श्रेष्ठ भने शपथमा उपस्थित हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार