अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १७, मंगलवार १३:२०

पर्साको वीरगञ्जमा हैजा तथा झाडापखाला अझैसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । वीरगञ्जमा थप २६ जना गम्भीर प्रकारको झाडापखालाका बिरामी भेटिएको छ ।

यससँगै जिल्लामा भेटिने गम्भीर प्रकारका झाडापखालाका कुल संक्रमितको संख्या ८ सय ५८ जना पुगेको छ । स्वास्थ्य कार्यालय पर्साले जनाए अनुसार सोमबारसम्मको विवरण ८ सय ५८ जना मध्ये १७ जना आइसीयू र ३ जना एचडीयूमा रहेका छन् । अहिलेसम्म ७ सय ५१ जना भने अस्पतालबाट डिस्चार्ज भएका छन् भने १ सय ७ जना उपचारत्त छन् ।



 

गत २८ साउनदेखि फाटफुट रुपमा झाडापखालाका बिरामी देखा परे पनि गत साता देखि प्रकोपको रुप लिएको थियो । परीक्षणका क्रममा उनीहरूमा हैजा भएको पुष्टि भएको थियो । झाडापखलाबाट दुई जनाको मृत्यु भएको भनिए पनि हैजाबाट मृत्यु भएको पुष्टि भएको छैन ।

त्यस्तै आरडिटी र कल्चर दुवै परीक्षणमा हैजा नै पुष्टि हुने बिरामीको संख्या एक सय ७३ पुगेको छ । यसमध्ये हाल ४१ जना अस्पतालमा भर्ना भएर उपचार गरेका छन भने बाँकी एक सय ३२ जना डिस्चार्ज भइसकेको जनाइएको छ । हैजा नियन्त्रणका लागि संघीय, प्रदेश र स्थानीय तहका सरकारहरूले मिलेर काम गरेका छन्।

विश्व स्वास्थ्य संगठनले प्राविधिक तथा औषधि उपचारका लागि सहयोग गर्दै आइरहेको छ । दुई हप्तादेखि वीरगञ्जमा फैलिएको हैजाको स्रोत अझै पत्ता लागेको छैन भने यस्तै खालका लक्षणहरू देखिने हुँदा धेरै मानिस हैजा र झाडापखालाबाट झुक्किने गरेको पाइएको छ । तर हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि मानिसहरूलाई निरन्तर दिसा लाग्छ ।

दिसाबाट चामलको चौलानी जस्तो तरल पदार्थ मानिसको शरीरबाट निरन्तर बगिरहन्छ । त्यसो हुँदा बिरामीको शरीरलाई आवश्यक तत्त्व पनि शरीरबाट बाहिरिन्छन् । शरीरलाई आवश्यक पर्ने तत्व न्यून हुँदै जान्छ । पटकपटक वान्ता आउने, पेट वा खुट्टाका मांसपेशी बाउँडिने जस्ता समस्या अधिकांश बिरामीमा देखिने गरिएको छ ।

तरल पदार्थ धेरै खेर जाने भएकाले बिरामीलाई धेरै तिर्खा लाग्ने गरेको बताइन्छ । केही मानिसमा हैजाको लक्षण नदेखिए पनि सङ्क्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ । अधिक कमजोरीका कारण केही मानिसहरू बेहोस नै हुनसक्ने चिकित्सकहरूले बताउँछन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार