अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १४, शनिबार १७:०५

इन्दीप कोइराला, धनुषा

धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ गोदार चोकस्थित एक मोबाइल पसलमा भएको ठूलो चोरी प्रकरणमा संलग्न तीन जना पक्राउ परेका छन । प्रहरीका अनुसार चोरीमा संलग्न अन्य फरार व्यक्तिहरूको पहिचान र खोजतलासको कार्य तीव्र पारिएको छ ।

भदौ ६ गते शुक्रबार राति करिब १ः४५ बजे धनुषाधाम नगरपालिका–८ केसरकट्टी निवासी ५१ वर्षीय राजकुमार साहले सञ्चालन गर्दै आएको पसलमा अज्ञात समूहले ताला फोडी पसलभित्र प्रवेश गरेका थिए । पसलबाट ४५ थान मोबाइल सेट, २ थान ड्रोन क्यामेरा, ५ डब्बा टेम्पर ग्लास, ५ थान देवाल घडी, १५५ थान हाते घडी, ६ थान टर्च र नगद ९८ हजार ७६५ रुपैयाँ चोरी भएको पीडित साहले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । चोरी भएको सम्पत्ति करिब दश लाख रुपैयाँ बराबर हुने अनुमान गरिएको थियो ।

प्रहरीले प्राप्त सूचनाको आधारमा अनुसन्धान अघि बढाउँदै भदौ ११ गतेसम्ममा तीन जना संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूको साथसाथै उनीहरूको घर र लुकाइएका स्थानबाट १२ थान मोबाइल, घडी, क्यामेरा स्टेण्ड, मोबाइल चार्जर, टेम्पर ग्लास, लेन्सलगायतका सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूमध्ये गणेशमान चारनाथ नगरपालिका–७ निवासी राजेन्द्र मुखियाका छोरा २० वर्षीय अर्जुन मुखिया, सोही वडाका अनिल पासवानका छोरा १९ वर्षीय सिकेन्द्र पासवान र गणेशमान चारनाथ नगरपालिका–५ निवासी उदय नारायण मण्डलका छोरा २२ वर्षीय कृष्ण मण्डल रहेका छन ।

प्रहरीका अनुसार उनीहरूलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी म्याद थप अनुसन्धान भइरहेको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रमुख प्रहरी निरीक्षक जटाशंकर यादवले भने,‘चोरी प्रकरणमा संलग्न तीन जनालाई पक्राउ गर्न सफल भएका छौँ । उनीहरूको संलग्नता प्रमाणसहित देखिएको छ र बरामद भएका सामग्रीहरू समेतले घटनामा प्रत्यक्ष संलग्नता पुष्टि गर्छ ।’

उनले थपे,‘अहिलेसम्म फरार रहेका अन्य व्यक्तिहरूको पहिचान भइरहेको छ । पक्राउ परेकामार्फत थप संलग्नहरूबारे महत्वपूर्ण जानकारी प्राप्त भएको छ । यसरी ठूला चोरीमा संलग्न हुने समूहलाई नियन्त्रणमा लिन सजिलो हुँदैन, तर प्रहरीले गुप्त सूचना संकलन र नियमित अपरेसनमार्फत यो सफलता हासिल गरेको हो ।’

निरीक्षक यादवका अनुसार बजार क्षेत्रमा पछिल्लो समय चोरीका घटनामा वृद्धि भएको देखिएको छ । उनले भने,‘व्यापारीहरूलाई त्रासमुक्त वातावरण सिर्जना गर्नु हाम्रो प्राथमिकता हो । चोरी मात्र होइन, यस क्षेत्रका अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि पनि प्रहरी विशेष अभियानमा जुटिरहेको छ ।’

उनले स्थानीय व्यापारीहरूलाई पनि सहयोगको आह्वान गर्दै भने,‘पसल र घरमा सकेसम्म सिसिटिभी जडान गर्नुपर्छ । राति सर्तक रहनुपर्छ । प्रहरी मात्रले मात्रै नभई स्थानीय बासिन्दा र व्यापारीले पनि आफ्नो क्षेत्रको सुरक्षामा जिम्मेवारी बाँड्नुपर्छ । यसरी सामूहिक प्रयास भएमा यस्ता अपराधहरू न्यूनिकरण गर्न सकिन्छ ।’

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार