अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १३, शुक्रबार १६:०२

बाराको अमलेखगञ्जमा बाघको आक्रमणबाट बुधबार एक पुरुषको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका– २२ का ५५ वर्षीय कृष्णप्रसाद शर्मा रहेका प्रहरीले जनाएको छ ।

बुधबार स्कुटर लिएर घरबाट घाँस काट्न जंगल गएका शर्मा अबेरसम्म नफर्किएपछि परिवारले खोजी थालेका थिए। खोजतलासको क्रममा स्कुटर र काटिएको घाँस फेला परे पनि शर्माको अवस्था पत्ता नलागेपछि परिवारले स्थानीय प्रहरीमा लिखित जानकारी दिएका थिए । सोही आधारमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी सहायक निरीक्षक जयप्रकाश साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा आधाभार जंगलमै शर्माले प्रयोग गर्ने चप्पल र भुइँमा रगत लतपतिएकोजस्तो देखिएको बारा प्रहरीले जनाएको छ ।



 

आधाभार ब्यारेकबाट खटिएको नेपाली सेना, प्रहरी तथा वडा नम्बर २१ र २२ का वडाध्यक्षलगायतको संयुक्त टोलीले पुनः खोजी गर्दा सडकबाट करिब तीन सय मिटर पूर्वतर्फ जंगलभित्र बाघको आक्रमणबाट मृत अवस्थामा शर्माको शव फेला परेका छ । शव घोप्टो अवस्थामा फेला परेको र मृतकको टाउको नरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।

यसअघि गत असारमा पनि अमलेखगञ्जस्थित जंगलमै बाघको आक्रमणबाट एक गोठालाको मृत्यु भएको थियो । मकवानपुरको मनहरी घर भइ बाराको जितपुर सिमरा उपमहानगरपालिका– २१ अमलेखगन्ज बस्दै आएका वीरबहादुर थिङको बाख्रा चराउने कामदारका रूपमा कार्यरत ५५ वर्षीय चन्द्रबहादुर भुलनको बाघको आक्रमणमा परेर ज्यान गएको थियो ।

बाख्रा चराउन चक्री जंगल गएका भुलन घर नफर्किएपछि साँझ आफन्तहरूले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयवासीको टोलीले खोजतलास गर्ने क्रममा भुलनको शव दक्षिणकाली सामुदायिक वनको खोल्सामा बाघले खाएको अवस्थामा फेला परेको थियो । स्थानीयहरुले जनाए अनुसार सो क्षेत्रमा केही समयदेखि बाघको गतिविधि बढ्दो अवस्थामा छ । सुरक्षाका दृष्टिले सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने माग स्थानीयवासीले गरेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार