अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र ८, आईतवार १२:३७

रौतहटको गौर नगरपालिका वडा नम्बर ९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालवा मोडमा सुटकेशमा महिलाको शव भेटिएको छ ।

शनिबार राति करिब ८ बजे सडक किनारमा फालिएको सुटकेशमा शव फेला परेको हो।



 

डोरीले बेरिएको सुटकेश बेवारिस देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सुटकेशभित्र शव रहेको थाहा पाएपछि घटनास्थलमा रातभर सुरक्षा दिएका थिए ।

आइतबार बिहान सुटकेश खोल्दा विवाहित महिलाको शव भेटिएको प्रहरीले जनाएको छ।गुलाबी रंगको कुर्तासुरुवाल लगाएकी महिलाको उमेर करिब ३५ वर्षको रहेको अनुमान गरिएको छ।

टाउकोमा गहिरो चोट देखिएको छ। सुटकेशमा केही कागजात र महिलाको सुरुवालको खल्तीमा केही नगद रुपैयाँ पनि भेटिएको छ । शव पोस्टमार्टमक लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ । थप अनुसन्धान भइरहेको नायव प्रहरी उपरीक्षक राजु कार्कीले बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार