अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र ५, बिहीबार १२:४१

धनुषाको लक्ष्मिनिया गाउँपालिकाका एकल महिलाहरुले सामाजिक सुरक्षाको माग गर्दै प्रभात रैली निकालेका छन् ।

लक्ष्मिनिया गाउँपालिकास्थित एकल महिलाहरुको समूह तथा दलान नेपालको आयोजनामा लक्ष्मिनिया गाउँपालिकाका एकल महिलाहरुले प्रभात रैली निकालेका छन् । समाजले एकल महिलालाई हेयको दृष्टिले हेर्ने प्रवृतिमा परिवर्तन ल्याउने उद्देश्यले लक्ष्मिनिया गाउँपालिकाको प्रत्येक वडामा ५/५ जनाको समूहमा एकल महिला टोली बनाइएको छ ।



 

सो टोलीले आफ्नो अधिकार तथा सामाजिक सुरक्षाकालागि आफै पैरवी गर्ने गरेको लक्ष्मिनिया गाउँपालिका वडा नम्बर ४ की संगीता ठाकुरले बताउनु भयो । उहाँले एकल महिलाहरुको अगुवा टोली बनाइएपछि आफ्नैलागि पनि बोल्न नसक्नेहरु अहिले आएर अधिकारकालागि पैरवी गर्न सक्ने भएको बताइन् ।

दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरले लक्ष्मिनिया गाउँपालिकाको प्रत्येक वडामा ५ जना अगुवा एकल महिला बनाएर एकल महिला टोली बनाइएको जानकारी दिए । उनले एकल महिलाले पाउने सामाजिक सुरक्षा भत्ता तथा बृद्ध भत्तामा समन्वय गर्नु यो कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताए ।

एकल महिलाहरुको अभियानपछि एकल महिलाहरुको मनोबलमा विकास त भएको छ नै यसका साथै स्थानीय तहहरु समेत एकल महिलाहरुको सामाजिक सुरक्षाको ग्यारेण्टी गर्न प्रतिवद्धता समेत व्यक्त गर्न थालेको बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार