अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र ४, बुधबार ०९:०८

जनमत पार्टीले अव्यवस्थित विद्युतीकरणका कारण करेन्ट लागेर मधेश प्रदेशमा किसानहरूको मृत्यु भएकोबारे नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।

जनमतका प्रवक्ता डा.शरद सिंह यादवले प्राधिकरणलाई ज्ञापनपत्र बुझाउँदै कृषि विद्युतीकरणलाई तत्काल सुरक्षित र व्यवस्थित बनाउन माग गरे । पछिल्लो पाँच वर्षमा मधेस प्रदेशमा मात्र ४४९ जनाले खेतमा काम गर्ने क्रममा करेन्ट लागेर ज्यान गुमाएको प्रहरीको तथ्यांक रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।



 

कृषि विद्युतीकरणका लागि गाडिएका पोल र तारहरूमा कुनै मापदण्ड नअपनाइएको र खेतमा जथाभाबी तारहरू छोडिँदा दुर्घटना बढेको पार्टीले ज्ञापनपत्रमा उल्लेख गरेको छ । सो ज्ञापनपत्रमा भनिएको छ, ‘खेतमा चिस्यान भइराख्ने हुनाले विद्युत् सर्ट हुने खतरा बढेको र पोलपोलमा डिस्ट्रिब्युसन बक्सको व्यवस्था नभएको हुँदा किसानले आफ्नो कृषि मिटर लुज हुकिङ गर्न बाध्य हुनुपरेकोले अधिकांश दुर्घटना भइरहेको छ ।’ यस्तो अव्यवस्थाले किसानको जीवन जोखिममा परेको भन्दै जनमत पार्टीले मागहरू पूरा नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनीसमेत दिएको छ ।

कृषि विद्युतीकरणका लागि तत्काल वैज्ञानिक मापदण्ड बनाएर लागू गर्नुपर्ने, खेतमा रहेका हरेक पोलमा तत्काल डिस्ट्रिब्युसन बक्स जडान गर्नुपर्ने, विद्युतीय दुर्घटनाबाट घाइते भएका र ज्यान गुमाएका किसानका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, विद्युतीय कृषि बिमाको व्यवस्था लागू गर्नुपर्ने, किसानहरूलाई कृषि मिटर र त्यसको बिल निःशुल्क गर्नुपर्नेलगायतका माग जनमतले गरेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार