अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र ३, मंगलवार १२:०५

अमेरिकी विदेश मन्त्रालयले अमेरिकी कानून उल्लंघन गर्ने र निर्धारित अवधिबाट बढी समय बस्ने ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ।

मन्त्रालयका अनुसार यीमध्ये धेरैजसो लागूपदार्थ सेवन गरी गाडी चलाउने, चोरी तथा आपराधिक घटनामा संलग्न रहेको बताइएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार ६ हजार भिसामध्ये ४ हजार भिसा कानून उल्लंघनका कारण रद्द गरिएका छन्। त्यसैगरी, २०० देखि ३ सय भिसा आईएनए-थ्रीबी अनुसार आतंकवादसँग जोडिएको घटनाका कारण रद्द गरेको विदेश मन्त्रालयले जनाएको छ।

यो कदम ट्रम्प प्रशासनको कडा आप्रवासी नीति अन्तर्गत आएको हो, जसअन्तर्गत विदेशी विद्यार्थीसँग पनि कडा व्यवहार गरिएको बीबीसीले जनाएको छ। ट्रम्प प्रशासनले प्यालेस्टाइनको समर्थनमा प्रदर्शन गर्ने केही विद्यार्थीविरुद्ध पनि कारवाही गरेको छ। उनीहरूमाथि यहूदीविरोधी व्यवहार गरेको आरोप लगाइएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार