अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र २, सोमबार १५:३२

काठमाडौँ, भदौ २ गते । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगु जिल्लाको सोरु गाउँपालिकाको सडक निर्माणमा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी रकम हिनामिना गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितका अधिकारीहरु विरुद्ध मुद्दा दायर गरेको छ ।

सोरु गाउँपालिका–१ अन्तर्गत जवलधारा पीसीसी सडक निर्माण योजनाको लागि मुख्यमन्त्री रोजगार कार्यक्रमको अनुदान रकम ३६ लाख ४० हजार प्राप्त भएको थियो । योजना सम्झौता बमोजिम जनश्रमदान रु तीन लाख ७३ हजार ४३९ हजार गरी सडक निर्माणको कूल लागत रु ४० लाख १३ हजार ४३९ तय गरिएको थियो ।

त्यसमा तोकिए बमोजिम काम नगरी बढी काम गरेको देखाएर रु सात लाख छ हजार ७९९ बराबर भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इञ्जिनियर प्रकाश आचार्य र सवइञ्जिनियर जगतबहादुर मल्ल विरुद्ध रु सात लाख छ हजार ७९९ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

सोरु गाउँपालिकाका लेखापाल जेठबहादुर बुढा र योजना शाखा प्रमुख नवीन बुमी, जवलधारा पीसीसी सडक निर्माण योजनाको श्रम कार्यदल उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर छन्त्याल, सहसंयोजक विष्णु छन्त्याल, कोषाध्यक्ष घोसीसरा शाही र सचिव मुकुन्दे दमाई विरुद्ध समान बिगो माग दाबी गरिएको छ ।

अनुगमन समितिका संयोजक दलवीर सार्की, सदस्य पुने शाही र वडा नं.१ का तत्कालीन वडाध्यक्ष मिसिन्द्र शाही विरुद्ध कैद र जरिवानाको माग दाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार