अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ३०, शुक्रबार १०:३१

मथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भण्डारीले मिथिला नगरभित्र सञ्चालित सम्पूर्ण डान्सबार सात दिनभित्र अनिवार्य बन्द गर्न निर्देशन दिएको जानकारी दिए ।

मिथिला नगरमा रहेका विभिन्न अन्य व्यवसाय सञ्चालन गर्ने गरी अनुमति लिइ डान्सबार सञ्चालन गरेको कारण समाजमा उच्छुंखलता बढी आपराधिक क्रियाकलापलाई बढावा मिलेको देखिएको र सो सम्बन्धी जनगुनासो समेत प्राप्त भएको उनले बताए । मिथिला नगरभित्र सञ्चालनमा रहेका होटेल तथा गेष्ट हाउसहरूमा बसोबासका लागि आउने प्रत्येक पाहुनाहरूको स्पष्ट परिचय खुल्ने कागजात अनिवार्य रूपमा राखेर मात्र बस्न अनुमति दिन पनि जारी गरिएको एक सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका होटल तथा गेष्ट हाउसहरूमा अपरिचित व्यक्तिहरू आएर बस्ने र आपराधिक क्रियाकलापहरू गर्ने गरेको पाइएकाले त्यस्तो व्यवस्था गर्न निर्देशन दिइएको उनले बताए । नगरपालिका लगायतका नियमनकारी निकायबाट अनुगमनको क्रममा पाहुनाहरूको परिचयपत्र राखेको फेला नपरे नियमानुसार कारबाही गर्ने मिथिला नगरपालिकाले स्पष्ट पारेको छ ।

मिथिला नगरमा अश्लीलता फैलाएको भन्दै स्थानीयले तीन दिनअघि मात्रै ढल्केवरको दुई डान्सबारमा तोडफोड गरेका थिए । लामोसमयदेखि डान्सबारले समाजमा फैलाएको विकृतिविरुद्ध स्थानीय प्रशासनलाई गुहार्दा समेत कुनै सुनवाइ नभएपछि स्थानीयहरू अहिले सशक्त आन्दोलनमा उत्रिएका थिए ।

पछिल्लो समय ढल्केवर क्षेत्रका अधिकांश होटलहरूमा यौनजन्य क्रियाकलाप भइरहेको स्थानीयहरूले गुनासो गर्दै मिथिला नगरमा विकृति विसंगति फैलाउने कार्यले समाजमा नकारात्मक प्रभाव फैलिदैँ गएको भन्दै स्थानीयहरुले आन्दोलनमा उत्रेका थिए । अघिल्लो सातामात्रै वेश्यावृत्ति धन्दा चलाएको आरोपमा धनुषाको ढल्केवरस्थित रहेको मौसम होटलका सञ्चालक पक्राउ परेका थिए ।

खुलेयाम रुपमा वेश्यावृत्ति धन्दा चलाएर ठाउँलाई बदनाम गराएको भन्दै स्थानीय युवाहरूले होटलमाथि निगरानी बढाएका थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार