अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण २९, बिहीबार १५:४०

पुनर्गठित नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले समृद्ध मधेश र अधिकार सम्पन्न मधेशी समुदाय भन्ने पार्टीको स्थापित मान्यताका लागी क्रियाशिल हुने बताउनुभएको छ ।

लामो समयदेखि निष्क्रिय रहेको पार्टीलाई पुनर्गठित गरेपछि बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै झाले नेपाल भित्र समृद्ध मधेश र अधिकार सम्पन्न मधेशी समुदाय भन्ने पार्टीको स्थापित सैद्धान्तिक मान्यताका लागी क्रियाशिल र संघर्षरत रहने बताउनुभएको हो ।

उहाले आफ्नो नेतृत्वमा गरिएको पुर्नगठनलाई निर्वाचन आयोगले औपचारिक रुपमा मान्यता प्रदान गरेको जानकारी समेत दिनुभयो । अब पछि परेका समूदायको पहिचान, पहुंच, प्रतिनिधित्व, प्रदेश र प्राकृतिक श्रोत एवं राजस्वको बाँडफाँडमा समान अधिकारका लागी अर्थात मजबुत संघीयता र अर्थपूर्ण समावेशीकरणकोपक्षमा संघर्षरत रहने झाले बताउनुभयो ।

अध्यक्ष झाले संघियता कार्यान्वयनमा प्रदेश सरकारहरुले देखाईरहेको उदासिनता र केन्द्र सरकारको उपेक्षाभाव पार्टीको चिन्ता रहेको धारणा राख्नुभयो ।

उहाले मधेशी केन्द्रीत दलको मोर्चामा रहने वा छुटै कार्यक्रमलाई अघि बढाउने भन्ने बारेमा पार्टीभित्र छलफल गरिने उल्लेख गर्नुभयो । हाल पुनर्गठित नेपाल सद्भावना पार्टीमा आफ्नो नेतृत्वमा ९१ सदस्यीय कार्यसमिति गठन भएको उहाले जानकारी दिनुभयो ।

पुनर्गठित नेपाल सद्भावना पार्टीले सुकुम्बासी समस्या लगायत कुनै पनि समस्याको बहानामा भै रहेको मधेशको भूमि बितरण कार्य लाई अबिलम्ब रोक्न सरकार संग माग गरेको छ भने मधेश लगायत देश भरका किसानले भोगीरहको रासायनिक मलको कमीको समस्याको अबिलम्ब समाधानको लागी केन्द्र र प्रदेश सरकारहरुसंग माग गरेको छ । अध्यक्ष झाले नेपाल सद्भावना पार्टीको ३६ वर्षको यात्रा पार गर्दै बर्तमान स्वरुप पुनः ग्रहण गर्दासम्म यसबीचमा गरिएका सबै प्रकारका कार्यहरुको स्वामित्व ग्रहण गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार