अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण २९, बिहीबार १३:५२

काठमाडौं, २९ साउन । विश्वको सबैभन्दा खतरनाक समुद्री मार्ग मानिने ल्याम्पेडुसा अन्तर्राष्ट्रिय जलक्षेत्रमा फेरी डुङ्गा पल्टिएको छ ।

 

यस दुर्घटनामा २० जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी अझै बेपत्ता छन् । यो डुङ्गामा समुद्री मार्गबाट इटाली पुग्न खोजिरहेका आप्रवासी बोकेका थिए।

डुङ्गामा सवार अन्य ६० जनालाई लाम्पेडुसा केन्द्रमा लगिएको छ । संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (युएनएचसीआर) र स्थानीय अधिकारीहरूका अनुसार यो डुङ्गा लिबियाबाट गएको थियो। त्यतिबेला करिब एक सय जना थिए । दुर्घटनापछि २० जनाको शव निकालिएको छ भने १२ जनाको खोजी कार्य जारी छ ।

 

लाम्पेडुसाका मेयर फिलिपो मान्निनोले दुर्घटना बिहानै भएको हुनसक्ने बताए । युएनएचसीआरका अनुसार यस वर्ष अहिलेसम्म मध्य भूमध्यसागरीय मार्ग हुँदै इटाली पुग्ने प्रयासमा ६ सय ७५ आप्रवासीको मृत्यु भएको छ, जसमा पछिल्लो घटना समावेश छैन।

 

मेयरले सामाजिक सञ्जाल प्लेटफर्ममा लेखेका छन्, ‘लाम्पेडुसाको तटमा अर्को डुङ्गा दुर्घटनाबाट गहिरो पीडा छ, जहाँ  युएनएचसीआर ले हाल बाँचेकाहरूलाई सहयोग गरिरहेको छ। ’

 

युएनएचसीआरको तथ्यांक अनुसार सन् २०२५ को पहिलो ६ महिनामा ३० हजार ६० शरणार्थी र आप्रवासीहरू समुद्री मार्गबाट इटाली पुगेका थिए, जुन गत वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशतले बढेको थियो।

 

इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले उत्तर अफ्रिकादेखि दक्षिणी युरोपसम्मको यो अनियमित समुद्री मार्ग विश्वकै सबैभन्दा खतरनाक रुटमध्ये एक भएको जनाएको छ । विगत १० वर्षमा भूमध्यसागर पार गर्ने क्रममा करिब २४ हजार ५०० व्यक्तिको मृत्यु भएको वा बेपत्ता भएका छन् ।

 

अक्टोबर ३, २०१३ मा इरिट्रिया, सोमालिया र घानाका ५०० भन्दा बढी आप्रवासी बोकेको डुङ्गा आगो लागेर पल्टिँदा यो घातक दुर्घटना भएको थियो। यस दुर्घटनामा कम्तिमा ३६८ जनाको मृत्यु भएपछि यस संकटसँग जुध्न अन्तर्राष्ट्रिय स्तरमा पहल गर्नुपर्ने माग चर्किएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार