अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण २९, बिहीबार ११:१५

रौतहटको फतुवा विजयपुर नगरपालिकामा इन्धन खर्च र यातायात भुक्तानी प्रक्रियामा अनियमितता भएको खुलेको छ।

महालेखा परीक्षकको कार्यालयले कार्यवाहक मेयर अम्बेया खातुन संग ७ लाख भन्दा बढी रुपैयाँ असुल गर्न सिफारिस गरेको छ । कावा मेयर खातुन र प्रमुख प्रशासकीय अधिकृत भारत यादवले पत्रकार सम्मेलन गरेर आफूहरुले कुनै भ्रष्टाचार नगरेको, नियम कानुन मिचेर कुनै काम नगरेको बताएका चारदिन नबित्दै महालेखा परीक्षकको कार्यालयले गरेको सिफारिस बाहिरिएको छ ।

पिएएमएस प्रणालीमार्फत माग फाराम स्वीकृत गर्ने, खर्च लेख्ने र इन्धन आपूर्तिकर्तासँगको कारोबारमा पालिकाको ध्यान नजाँदा आर्थिक अनियमितताको देखिएको हो । जाँचको क्रममा, नेपाल आयल निगमले तोकेको दरमा इन्धनको बिल जारी नगरी लामो अवधिको बिल जारी गरिएको र सोही आधारमा भुक्तानी गरिएको पाइएको छ। यसले तोकिएको दरभन्दा बढी भुक्तानी देखिएको छ ।

सो परीक्षण गरिएका ६ महिनामा कुनै पनि सवारी साधनको लागि इन्धनको मासिक मापदण्ड तयार नगरिएको, सवारी साधनको लगबुक नभरिएको, कुपन खाली रहेको, कुपन नमर्किएको तथा प्रयोग विवरण नदिइएकाले इन्धन खर्च मितव्ययी र उपयुक्त रहेको छ भन्ने प्रमाणित गर्न नसकिने अवस्था देखिएको छ ।

अझै गम्भीर कुरा, भौचर नं. २८–२०८०१२१९१ अन्तर्गत १४ महिनाको यातायात खर्च शीर्षकमा पालिकाकी उपप्रमुख हाल कार्यवाहक मेयर अम्बेया खातुनलाई ७ लाख,१४, हजार भुक्तानी गरिएको पाइएको छ। तर, उपप्रमुखलाई पहिले नै पालिकाबाट यातायात साधन उपलब्ध गराइएको हुँदा यो खर्च लिन मिल्दैन भन्ने जाँच समितिको निष्कर्ष छ।

यसरी दोहोरो यातायात भत्ता र इन्धन वापतको रकम असुल गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयद्वारा सिफारिस गरिएको छ। उता प्रमुख प्रशासकीय अधिकृत भारत यादव पनी कावा मेयर संग मिलेर अनेक भ्रष्टाचार गरिरहेका छन्। बारा सदरमुकाम कलैया बसेर दैनिक नगरपालिका आउन जान गाडी तेल दुरुपयोग गरिरहेको स्थानीयहरू बताउँछन् ।

फतुवा विजयपुर नगरपालिकामा यस प्रकारका खर्च व्यवस्थापन प्रणालीमा सुधार नगरेसम्म अनावश्यक खर्च र सार्वजनिक धनको दुरुपयोग रोक्न सकिँदैन । २०७९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको टिकटबाट फतुवा बिजयपुर नगरपालिकामा मेयर पदमा गोपाल प्रसाद यादव, उपमेयरमा अम्बेया खातुन सहित ७ जना वडा अध्यक्ष निर्वाचित भएका थिए।

२०८० सालमा बिशेष अदालतबाट दोषी ठहर भएर तत्कालीन मेयर यादवको पद गुमेसंगै उपमेयर खातुन कार्यवाहक मेयरको जिम्मेवारी पाएपछि नगरपालिकामा चौतर्फी बेथिती देखिएको छ। कार्यवाहक मेयर खातुन बजेट भागबण्डामा अल्झिने गरेको कारण समयमा नगरसभा हुँदैन । उनको श्रीमानको कमिसन मोहको कारण गत आर्थिक बर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत तीनवटा बिद्यालय भवन निर्माणका लागि आएको १ करोड ६५ लाख रुपैयाँ फ्रिज भएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार