अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण २७, मंगलवार ११:२४

भूमि समस्या समाधान आयोगका अध्यक्षसहित पाँच जना फरार रहेका छन् भने दुई जना कर्मचारीलाई ठगी तथा लिखत कीर्ते मुद्दामा कारागार चलान गरिएको छ ।

सिरहा जिल्ला अदालतले मालपोत तथा भूमिसुधार कार्यालय सिरहाका कार्यालय सहयोगी राजकुमार राय र आयोगका कम्प्युटर अपरेटर सन्तोषकुमार यादवलाई पूर्पक्षका लागि कारागार चलान गरेको छ । त्यस्तै यही मुद्दामा भूमि आयोग सिरहाका अध्यक्ष रामअधिन यादव, विष्णुपुर गाउँपालिका १ का शिवदयाल कामति, रामदयाल कामति तथा सिरहा नगरपालिका ७ का शिवकुमार राय र नगिना राय कुर्मी फरार छन् । उनीहरुको खोजी कार्य भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

नरहा गाउँपालिका–३ का राजदेव यादव, सिरहा नगरपालिका १२ का गौतम कुमार कार्की र गोलबजार नगरपालिका ७ का मोतिलाल श्रेष्ठले ठगी, लिखतसम्बन्धी कसुर तथा संगठित अपराधमा छुट्टाछुट्टै प्रहरी समक्ष जाहेरी दिएका थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार