अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण २६, सोमबार १०:५९

भारतका मस्ट वान्टेड हतियार तस्कार शेख सलिम भन्ने सलिम पिस्टल नेपालमा पक्राउ परेको जनाइएको छ ।

नेपाल प्रहरीको सहयोगमा भारतको दिल्ली प्रहरी स्पेशल सेलले अपरेशन सञ्चालन गरी उनलाई नेपालबाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । पक्राउ परेका सलिम वर्षौंदेखि अवैध हतियारको बिक्री गर्ने गरेको आरोप छ । उनले पाकिस्तानबाट भारतमा हतियार भित्र्याउँदै आएका थिए । अनुसन्धानकर्ताहरूले उनको सम्बन्ध पाकिस्तानी इन्टिलिजेन्स एजेन्सी आइएसआई र दाउद इब्राइमको डि–कम्पनीमा समेत रहेको बताए । सलिम पिस्टलले अहिले चर्चाम रहेका लरेन्स विश्नोइ र हशिम बाबाको समूहलाई समेत बिक्री गर्ने गरेको आरोप छ । पछिल्लो समय उनको नाम पञ्जाबी गायक सिद्धू मुशेवालाको हत्यामा जोडिएको थियो । नेपालमा लुकेर बसेको सूचना पाएपछि सुरक्षा निकायले नेपाल प्रहरीसँग समन्वय गरी उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार