अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण २३, शुक्रबार १२:१९

भारतको उत्तराखण्ड राज्यमा गएको मङ्गलवार र बुधवार आएको बाढीपहिरोपछि जाजरकोटका १२ जना, बर्दियाका ५ जना र जुम्लाका १ जना गरी १८ जना सम्पर्कविहीन छन ।

मङ्गलवार आरिघोप्टे वर्षाका कारण उत्तरकाशी जिल्लाको धराली बजारमा बाढी आएको थियो भने बुधवार पौडीगढवालमा पहिरो खसेको थियो ।

ती ठाउँमा मजदुरी गर्न र स्याउ टिप्न गएका नेपालीहरु बाढीपहिरोमा परेर सम्पर्कविहीन भएको भन्दै खोजीको लागि समन्वय गर्न पालिकाहरुले सङ्घ सरकारसँग आग्रह गरेका छन् ।

जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति निकालेर १३ जनाभन्दा बढी बेपत्ता भएको बताउनुभएको छ ।

कुशे गाउँपालिका वडा नम्बर २ का करिब १३ जनाभन्दा बढी र अरु वडाका केही व्यक्तिहरु पनि सम्पर्कमा नरहेकाले हराएको हुनसक्ने जानकारी सामाजिक सञ्जालमार्फत प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।

हराएकाहरुको खोजी तथा उद्धारको लागि पालिकाले नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरिदिनका लागि प्रदेश सरकार र सङ्घीय सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै उत्तराखण्डको पौडी गढवाल नजिकै सिन्धु खोला किनारमा अस्ति बुधवार बिहान खसेको पहिरोमा परी बर्दियाका ५ जना नेपाली बेपत्ता भएका छन् ।

नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले भारतीय पक्षसँग खोज तथा उद्धारको लागि समन्वय भइरहेको जनाएको छ । बाढी प्रभावित ठाउँमा उद्धारको काम भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार