अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण २०, मंगलवार ०९:४३

भारी मात्रामा लागूऔषधसहित ट्रक चालकलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिवासले ठूलो परिमाणमा त्यारी गाँजासहित ट्रक र यसका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।



 

विशेष सूचनाको आधारमा ब्युरो प्रमुख प्रनानी सरोज अधिकारीको कमाण्डमा खटि गएको टोलीले बर्दिबासबाट जलेश्वरतर्फ गइरहेको ना.६ ख २९१९ नम्बरको ट्रकलाई रामगोपालपुर– ५ स्थित बजार चौकमा आइतबार साँझपख चेकजाँच गर्दा ४६५ किलो गाँजा बरामद भएको छ ।

बर्दिवास– जलेश्वर सडकखण्ड आसपासका क्षेत्रमा गाँजा तस्करको चलखेल बढेको सूचनाको आधारमा रामगोपालपुर प्रहरीको सहयोगमा तलासी लिँदा ट्रकभित्र सेतो बोरा र रातो प्लास्टिकमा बेरेर राखिएको अवस्थामा उक्त गाँजा फेला परेको ब्युरो प्रमुख अधिकारीले जानकारी दिए ।

लागूऔषध गाँजासाहित पक्राउ परेका मकवानपुर राक्सिराङ गाउँपालिका– ५ का २६ वर्षीय ट्रक चालक मानबहादुर मुक्तानलाई आवश्यक कारबाहीका लागि अनुसन्धान प्रक्रियासमेत अघि बढाइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार