अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १८, आईतवार ०९:३६

देशका धेरै ठाउँमा गएराति पानी परेको छ । कतै मध्यम तथा केही ठाउँमा ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । डोल्पाको ठूली भेरी नदी त्रिपुराकोट जलमापन केन्द्र, रुकुम पश्चिमको ठूलो भेरी नदी रिम्ना जलमापन केन्द्र तथा जाजरकोटको नलगाढ, रौलाखेत जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।

 

यी नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र तथा होचा भागमा सतर्कता अपनाउन आग्रह गरिएको छ । कमजोर तथा भिरालो जमिनमा पहिरोको पनि जोखिम रहेकोले आज बिहानसम्म नै सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

 

 

म्याग्दीको म्याग्दी खोला, मङ्गलाघाट जलमापन केन्द्र, सोलुखुम्बुको सोलुखोला, साल्मे जलमापन केन्द्रको जलसतहले पनि सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा जोखिम छ ।

 

बझाङको बौलिगाड़ जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास छ । त्यस्तै गएराति उदयपुरको गाइघाट, मुरखुचीबजार, चुरेमाई वर्षामापन केन्द्रहरुलगायत सिराहको लहान, सिराहा हाईड्रो वर्षामापन केन्द्रहरु र आसपासका क्षेत्रमा ठूलो वर्षा मापन भएको छ । ती क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना छ ।

 

त्रियुगा खोला, चहका खोलालगायत अन्य साना खोलामा बहाव बढ्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । पर्वतको काली गण्डकी नदी, मोदी बेनी जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास छ । कालीगण्डकीमा जलसतह बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले सतर्कता अपनाउन भनिएको छ ।

 

त्यस्तै गएराति काठमाण्डौ उपत्यकामा पनि पानी परेको छ । भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास छ । हनुमन्ते खोला तटीय क्षेत्रमा पनि बिहानसम्म सतर्कता अपनाउन आग्रह छ । त्यस्तै सिन्धुपालचोकको गोब्रे, ढुङ्गे, नुर्पुगाउ वर्षामापन केन्द्रहरुमा मध्यम वर्षा मापन भएको छ ।

 

हिजो बेलुका दाङको पधमपुर, रोल्पाको केवार गाउँ र अर्घाखाँचीको रणसिंह वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यम वर्षा भएको छ । गएराति झापामा एक सय १९ मिलिमिटर, सिरहामा ९८ दशमलव ६ मिलिमिटर र सप्तरीमा ९१ मिलिमिटर वर्षा मापन गरिएको छ ।

 

महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार अहिले पनि कोशी र मधेश प्रदेशका केही ठाउँमा सामान्य वर्षा भइरहेको छ । बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा पनि हल्का वर्षा भइरहेको छ ।

 

अबका तीन दिनसम्म नै मनसुन सक्रिय रहने मौसमविद् कँडेलले जानकारी दिनुभयो । आज दिउँसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार