अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १७, शनिबार १२:१७

काठमाडौं ।
सरकारले मधेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरेपनि दिर्घकालीन योजना नल्याएको भन्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर संघ सरकार र प्रदेश सरकार डिप बोरिङ गाड्ने जस्ता अल्पकालीन योजनामा लागेको भन्दै युवाहरुले आक्रोश पोखेका छन् ।
‘डिप बोरिङ समस्याको समाधान होइन, दिगो समाधानको व्यवस्था गर’ जस्ता नारा लगाउँदै मधेशका युवाहरु शुक्रबार काठमाडौंको माइतीघरमा भेला भएर सरकारको ध्यानाकर्षण गराएका छन् ।
चुरे संरक्षणमा जोड दिनुपर्ने भन्दै उनीहरुले सुक्खा प्रभावित किसानहरुलाई तत्काल राहत प्याकेजको व्यवस्था गर्न माग गरेका छन् । यस्तै किसानलाई २४ घण्टा निःशुल्क बिजुली उपलब्ध गराउनुपर्ने, तराई–मधेशका किसानलाई नगद क्षतिपूर्ति दिनुपर्ने लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर युवाहरु प्रदर्शनमा उत्रिएका थिए । मधेश कृषि–जल आन्दोलन संघर्ष समितिको ब्यानरमा युवाहरू भेला भएका थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार