अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १७, शनिबार १२:१२

काठमाडौँ ।
पछिल्लो २४ घण्टामा मधेस प्रदेशका विभिन्न स्थानमा वर्षा भएको छ । यससँग चरम खडेरीको सामना गरिरहेका नागरिकले केही राहतको सास फेरेका छन् ।
विवरण अनुसार पछिल्लो २४ घण्टामा धनुषाको तुल्सीमा ६३.८ मिलिमिटर, हर्दिनाथमा ५१ मिलिमिटर, रौतहटको गौरमा ४४.६ मिलिमिटर र बाराको अमलेखगन्जमा ४६.४ मिलिमिटर वर्षा भएको छ । मधेस प्रदेशका बाँकी केही स्थानहरूमा पनि हल्का देखि मध्यम वर्षा भएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ ।
जसको प्रभावले मधेसका अलावा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार