अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १५, बिहीबार ११:२८

जनकपुरधाम ।
सर्लाहीको बागमती नगरपालिका– १२ स्थित भरत तालमा एक युवतीको शव फेला परेको छ । बुधबार दिउँसो भेटिएको शवको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तालमा तैरिरहेको अवस्थामा युवतीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव फेला परेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी नायव निरीक्षक सुभाष यादवको कमाण्डमा प्रहरी टोली पुगेको थियो ।
उक्त शव डुङ्गाको सहायताले बाहिर निकालिएको र पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।
निलो जिन्स पाइन्ट र हरियो कुर्था, हातमा रातो बाला, घाँटीमा मंगलसुत्र लगाएकी मधेसी मुलकी जस्ती देखिने करिब २२ वर्षीया युवतीको सनाखतको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्र कान्त अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार