अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १४, बुधबार १५:३१

रसुवाको भोटेकोशीमा गएराति ठूलो बाढी आएलगत्तै रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज रसुवा, नुवाकोट र धादिङसहित सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपालञ्चोक, रुकुम पश्चिम, बझाङ, अछाम, डोटी, डोल्पा, मुगु, हुम्लामा बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।



 

यस्तै ताप्लेजुङ, पाँचथर, ओखलढुङ्गा, काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, गोरखा, लमजुङ, कास्की, बाग्लुङ, म्याग्दी, पर्वत, रुकुम पूर्व, जाजरकोट, दैलेख, सुर्खेतमा बाढीको मध्यम जोखिम छ ।

बाढीको जोखिम भएका जिल्ला र आसपास भएर बहने खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको  छ ।

यसैबीच आज गण्डकी प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आज राति गण्डकी प्रदेशको एक/दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । ठूलो वर्षाको सम्भावना रहेको गण्डकीमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज दिउँसो पहाडी क्षेत्रका थोरै ठाउँ तथा तराईका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् मानन्धरका अनुसार सुक्खाग्रस्त मधेश प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि ठूलो वर्षाको सम्भावना छैन । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । लगातार वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार