अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १३, मंगलवार ०८:११

संघीय लोकतान्त्रिक मोर्चाको बैठकबाट जनमत पार्टीले बखेडा झिक्दै बाहिरिएको छ । मोर्चाको बैठकबाट भएको निर्णयमा पनि जनमतलाई कुनै किसिमको जिम्मेवारी दिइएको छैन ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको मोर्चाको बैठक तीन वटा निर्णय गरिएको निर्णयमा जनमतको जिम्मेवारीबारे उल्लेख गरिएको छैन ।

सो बैठकले तराई मधेशका सुक्खाग्रस्त, संकटग्रस्त क्षेत्रका किसानहरूलाई कृषि ऋणमा छुटका साथै तत्काल खानेपानीको समुचित व्यवस्था र सिँचाइका लागि डिपबेल बोरिङको व्यवस्था गर्न सरकारसँग माग समेत गरेको छ । त्यस्तै दीर्घकालीन रूपमा यस्तो संकटबाट जोगाउन चुरे वन क्षेत्रको संरक्षण र जलाशय निर्माणका साथै पर्यावरण संकटबाट तराई मधेशका जनताहरूलाई जोगाउन ठोस उपायहरू अवलम्बन गर्न समेत सरकारलाई आग्रह गरिएको छ ।

उक्त सुख्खाग्रस्त क्षेत्रका किसानहरूको आगामी फसलको लागि कृषि ऋण, मलखाद, सिचाइ, बीउ बिजन, कीटनाशक औषधि उपलब्ध गराउनु पर्ने र यस क्षेत्रमा किसानहरूलाई उपरोक्त सामग्रीहरू सहित विशेष सहुलियत स्वरूप अनुदान पनि उपलब्ध गराउन मोर्चाको बैठकले माग गरेको छ ।

अधिकार र पहिचान पक्षधर पार्टीहरूसँग मोर्चाको सहकार्य गर्ने नीति तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेपाल जनमुक्ति पार्टीलाई पहिलो चरणमा संवाद गर्ने निर्णय गरिएको छ ।

मार्चाको बैठकले यसअघि तय गरिएका विभिन्न जिल्लाका कार्यक्रमहरूको समन्वय मोर्चामा आवद्ध विभिन्न पार्टीहरूले गर्ने निर्णय समेत गरेको छ । यही साउन १८ गते काठमाण्डुमा हुने कार्यक्रम संयुक्त रूपमा गरिने भएको छ । त्यस्तै साउन २१ गते भैरहवा हुने कार्यक्रमको समन्वय नागरिक उन्मुक्ति पार्टीले गर्ने निर्णय गरिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार