अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ११, आईतवार १७:१०

एजेन्सी ।
अमेरिकाको कोलोराडोस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एक ठूलो दुर्घटना टरेको छ । मिउामी जाँदै गरेको अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमानको ल्यान्डिङ गियर फेल हुँदा टेकअफ रोक्दा विमानको पछिल्लो भागमा आगो लागेको हो ।
स्थानीय समय अनुसार दिउँसो २ः४५ बजे (नेपाली समयानुसार राति २ः३० बजे) घटना भएको हो । विमानमा १७३ यात्रु र ६ क्रु सदस्य थिए। सबैलाई आपतकालीन स्लाइडमार्फत बाहिर निकालिएको छ ।
दुर्घटनामा ६ जनालाई सामान्य चोट लागेको थियो र एक जनालाई अस्पतालमा भर्ना गरिएको छ ।
१२ जुनमा अहमदाबादमा दुर्घटनामा परेको एअर इन्डियाको विमान पनि बोइङ कम्पनीकै थियो। ‘बोइङ ७८७–८’ मोडलको उक्त विमान टेकअफ भएको दुई मिनेटमै दुर्घटना हुँदा २७० जनाको मृत्यु भएको थियो ।
अमेरिकन एयरलाइन्सले टायरमा खराबी रहेकोले विमानलाई सेवा बाहिर राखिएको छ । आगो निभाइसकिएको र मियामी गन्तव्यका यात्रुका लागि नयाँ विमान पठाइएको जानकारी दिएको छ । यस घटनाका कारण दिउँसो २ बजेदेखि ३ बजेसम्म ८७ उडानहरू प्रभावित भएका थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार