अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १०, शनिबार ०९:०९

जनता समाजवादी पार्टी नेपालले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकप्रति गम्भीर असहमति जनाउँदै प्रतिनिधिसभा र राष्ट्रियसभामा संयुक्तरूपमा १० बुँदे संशोधन प्रस्ताव दर्ता गराएको छ ।

उक्त विधेयक जस्ताको त्यस्तै पारित भएमा पर्यावरणीय सन्तुलनमा गम्भीर क्षति पुग्ने र तराई–मधेशमा सामाजिक र जातीय असन्तुलन बढ्ने खतरा रहेको जनाएको छ ।

सो विधेयक पारित भए सार्वजनिक सम्पत्तिको दुरुपयोग भइ खोला–नदी किनार, राष्ट्रिय निकुञ्ज, गौचरजस्ता सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूलाई कानूनी संरक्षण मिल्ने, फौजदारी अपराध मानिने वन अतिक्रमणलाई कानुनी जामा ओढाइ अवैध कार्यलाई वैध बनाउने प्रयास गलत नजीर स्थापित गराउने, अवैध कार्यलाई नै वैधता दिने, वन कार्यालय र सम्बन्धित संरचनाको औचित्यमाथि प्रश्न उठ्ने, कानुन मानेर बस्ने भूमिहीनले बसोबासका लागि जग्गा पाउन नसक्ने स्थिति सिर्जना हुने र विधेयकबाट जग्गा दलाल, रियल स्टेट व्यवसायीहरू लाभान्वित हुने दाबी गरिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार