अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ९, शुक्रबार ११:५२

महोत्तरीको बर्दिबासस्थित निगौल गाई गौशाला र बर्दिबास नगरपालिकाबीचको जग्गा भाडा, कर बक्यौता र बजार सञ्चालन अधिकारसम्बन्धी विवाद दिनप्रतिदिन चर्किंदै गएको छ ।

वि.सं १९८३ मा तत्कालीन श्री ३ सरकार र भारतको दरभंगा महाराजको पहलमा स्थापना भएको यो गाई गौशाला अहिले चौतर्फी संकटमा फसेको छ । गोठालाहरुलाई पारिश्रमिक दिन नसकिएको र गाईहरू पनि भोको मर्ने अवस्थामा पुगेका छन् ।

विवादको केन्द्रमा रहेको वडा नं ५ स्थित दुई विघा १९ कट्ठा ११ धुर जग्गामा नगरपालिका चौपाया तथा माछामासु बजार सञ्चालन गर्दै आएको छ । तर, २०७० सालमा भएको सम्झौताअनुसार ठेक्का रकमको २५ प्रतिशत हिस्सा नबुझाइएको गुनासो गर्दै गौशालाले रकम माग्दा अवस्था झन जटिल बन्दै गएको छ ।

साउन ५ गते बजार ठेक्का उठाउने विषयमा भएको विवाद झडपमा परिणत भएपछि वडा अध्यक्षसहित पाँच जना घाइते भएका थिए। त्यसयता तनाव झनै बढेको छ । नगरपालिकाले पत्रकार सम्मेलन गर्दै गौशालामाथि तीन करोड रुपैयाँ बराबरको कर बक्यौता रहेको दाबी गरेपछि स्थिति थप पेचिलो बनेको छ ।

जवाफमा गौशालाले सर्वदलीय बैठक बोलाई २०७१ सालदेखि करिब पाँच करोड रुपैयाँ बजार ठेक्काबापतको रकम नतिरेको आरोप लगाएको छ । पूर्व गाविस अध्यक्ष देवनारायण महतोले नगरपालिकाले सम्झौता मिचेको टिप्पणी गर्दै यसलाई ‘मत्यस्य न्याय’को संज्ञा दिएका छन् । नगर उपप्रमुख रेणुकुमारी महतोले सहमतिको आधारमा समाधान खोज्नुपर्नेमा जोड दिएकी छन् ।

भूमि समस्या समाधान आयोग महोत्तरीका अध्यक्ष पिताम्वर महतोले गौशालामाथिको हस्तक्षेपलाई दुःखद र अराजक भनेका छन् । सर्वदलीय छलफलमा सहभागी नेपाली कांग्रेस, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका नेताहरूले गाई गौशालाको पक्षमा ऐक्यबद्धता जनाएका छन् । गौशालाका प्रमुख वीरबहादुर चौधरीले ठेक्का रकम बुझाउन आग्रह गर्दा नगरपालिका उल्टै झडपमा उत्रिएको आरोप लगाए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार